काठमाडौं । गत चैत १४ गते माइतीघरबाट पूर्वराजाको पक्षमा नाराबाजी गर्ने अमेरिकी नागरिकलाई देश निकाला गरिएको छ ।
५८ वर्षीय जुलियन किर्पाललाई गृह मन्त्रालयले नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउँदै तत्काल डिपोर्ट गर्ने निर्णय गरेको हो। विदेशी नागरिक भएर पनि नेपालको राजनीतिक गतिविधिमा संलग्न रहेको पाइएकाले पतिबन्धसहित देश निकाला गरेको बताइएको छ ।
उनी नेपालमा पर्यटक भिसामा बस्दै आएका थिए ।































प्रतिक्रिया