समर्थगुरु सिद्धार्थ औलियाको उपस्थितीमा ‘त्रिदिवसीय ध्यान योग शिविर’ आयोजना हुँदै, समयमै सिट सुरक्षित गर्न अनुरोध

समर्थगुरु सिद्धार्थ औलियाको उपस्थितीमा ‘त्रिदिवसीय ध्यान योग शिविर’ आयोजना हुँदै, समयमै सिट सुरक्षित गर्न अनुरोध

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । समर्थगुरु संघ नेपालले ‘त्रिदिवसीय ध्यान योग शिविर’को आयोजना गर्ने भएकाे छ ।

समर्थगुरु धाराका प्रणेता तथा संस्थापक सिद्धार्थ औलियाको उपस्थितीमा आगामी मे १२ देखि १४ सम्म उक्त ध्यान योग कार्यक्रम काठमाडौंको बुद्धनगरस्थित अल्फा बिटा कम्प्लेक्समा सञ्चालन हुनेछ।

दैनिक बिहान साढे सात बजेदेखि दिउँसो तीन बजेसम्म चल्ने यो कार्यक्रम स्पष्टता, सन्तुष्टि, प्रेम र आत्मविश्वासको मार्ग पहिल्याउन चाहनेहरूका लागि एक विशेष अवसर भएको समर्थगुरू नेपालकी राष्ट्रिय संयोजक मञ्जु शर्माले जानकारी दिइन्।

कार्यक्रममा विचारशून्यता, आकारहीनता, अनन्तता, आनन्द, करुणा, दिव्य ध्वनि र उच्च चेतना जस्ता विषयहरूमा केन्द्रित अभ्यासहरू गराइनेछ।

समर्थगुरु सिद्धार्थ औलियाको प्रत्यक्ष मार्गदर्शनमा हुने यस कार्यक्रममा सहभागीहरूले ध्यान योगका महत्त्वपूर्ण सिद्धान्तहरूलाई दैनिक जीवनमा कसरी समाहित गर्ने भन्ने बारेमा ज्ञान प्राप्त गर्नेछन्। यसले स्थायी आन्तरिक शान्ति र कल्याणलाई बढावा दिने विश्वास लिइएको छ।

जब व्यक्तिले स्वयंलाई चिनेर साधनामा जोडिन सिक्छ, तब ऊ असल व्यक्ति बन्छ, जसका कारण परिवार, कार्यस्थल र समाज सबै उन्नत हुन सक्छन्। समर्थगुरुको सहज योगमा आधारित ओमकार साधनाले हामीलाई सीधा आफ्नै चैतन्यसँग जोड्छ। यही सनातन धर्म र साधनाको सार रहेको आयोजकको भनाइ छ ।

कार्यक्रममा सिमित सिटहरू मात्र उपलब्ध रहेकाले इच्छुक व्यक्तिहरूलाई यथाशीघ्र आफ्नो स्थान सुरक्षित गर्न अनुरोध समेत गरिएको छ।

समर्थगुरु संघ नेपालले यसअघि पनि देशका विभिन्न स्थानमा पटकपटक ध्यान योग कार्यक्रम आयोजना गर्दै आएको छ ।

Skip This
Skip This
Logo