तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप एक जना पक्राउ

तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप एक जना पक्राउ

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । प्रहरीले गत चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी, तोडफोडमा संलग्न रहेको अभियोगमा थप एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल–३ का ४० वर्षीय मनोज भन्ने मिनोज थापा रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, “गत चैत १५ गते काठमाडौं महानगरपालिका–३२ तीनकुने स्थित खुला चौरमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’द्वारा आयोजित प्रदर्शनका क्रममा भएको घटनाको अनुसन्धानको सिलसिलामा निजी तथा सार्वजनिक सम्पत्तिमाथि तोडफोड तथा आगजनीलगायत आपराधिक कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको हो ।”

निजलाई काठमाडौं जिल्ला अदालतबाट तीन दिनको मिलान म्याद गरी आवश्यक थप अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए ।

Skip This
Skip This
Logo