आजको मौसम पूर्वानुमान: यी ४ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमान: यी ४ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथै बंगालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

जसका, कारण हाल सुदूर पश्चिम प्रदेशमा आंशिक र बाँकी भू–भागमा सामान्य बदली रहेको छ भने कोशी, बागमती, लुम्बिनी  र कर्णाली प्रदेशको केही स्थानमा चट्याङसहित वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार, आज दिउसो भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा मौसम साधरणतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकीलगायत अन्य प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । यस्तो खालको मौसम राति पनि जारी रहने महाशाखाले जानकारी दिएको छ ।

Logo