बाल मन्दिर प्रकरणः रीता सिंह वैद्यसहित १७ जनाविरुद्ध मुद्दा दर्ता, ६० करोड बिगो कायम

बाल मन्दिर प्रकरणः रीता सिंह वैद्यसहित १७ जनाविरुद्ध मुद्दा दर्ता, ६० करोड बिगो कायम

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । नक्सालस्थित नेपाल बाल मन्दिरको २८ रोपनी ५ आना जग्गा लिज प्रकरणमा तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । तत्कालीन अध्यक्ष सिंह उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी हुन् । उनीसँगै उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, गणेशभक्त श्रेष्ठ, कृष्णशंकर शाह, श्यमकुमार आले, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही, दिपकदास श्रेष्ठ, प्रवीणराज जोशी, पुरुषाेत्तमराज जोशी, श्रद्धा सेढाईँ, अमिन सिंहानियाँ, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डे र मुरारीनिधि तिवारीविरुद्ध मुद्दा दायर भएकाे छ ।

उनीहरुविरुद्ध मुलुकी ऐन ठगीको महलको १ र २ नम्बर तथा मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा १ र २ कसुरमा ठगी मुद्दा चलाइएको छ । आरोप प्रमाणित भएमा उनीहरुलाई ७ वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ । ६० करोड ३९ लाख रुपैयाँ बिगो कायम गरिएको छ।

Skip This
Skip This
Logo