तीनकुनेमा बसको ठक्करबाट युवतीको मृत्यु, तीन जना घाइते

तीनकुनेमा बसको ठक्करबाट युवतीको मृत्यु, तीन जना घाइते

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । पेप्सीकोलाबाट रत्नपार्कतर्फ आउँदै गरेको बा३ख ७०६२ नम्बरको बसले तीनकुनेमा मारुती भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

आज बिहान ६ः३५ बजे बसको ठक्करबाट मोटरसाइकलमा सवार नुवाकोटकी २३ वर्षीय नगिना तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले बताए ।

मोटरसाइकल चालक रामेछापको दोरम्बाका २७ वर्षीय पदम थापामगर, भ्यानका चालक काभ्रेपलाञ्चोक मण्डनदेउपुरका ३५ वर्षीय रत्नबहादुर सार्की, ठक्कर दिने बसमा सवार दोलखा गौरीशङ्करकी २४ वर्षीय मेनुका बुढाथोकी घाइते भएका छन् । बसले सोही दिशाबाट आइरहेको बा.प्र.०१-०२६ च २९२७ को मारुती भ्यान र बा.प्र.०२-०५३ प ३८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

प्रहरीले बस चालक रामकुमार खड्का, भ्यान र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

Logo