काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ ।
अध्यक्ष बस्नेतलाई काठमाडौंको सुकेधाराबाट आइतबार पक्राउ गरिएको हाे । उनीविरुद्ध २ दिनको म्यादसमेत थप भइसकेकाे छ । मोरङको विराटनगर महानगरपालिका-३ घर भएका ४७ वर्षीय अनिल बाबा भनिने बस्नेतविरुद्ध म्याद मिलान गर्दै अदालतले २ दिनको म्याद दिएको हो । उनीविरुद्ध आपराधिक उपद्रवको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।





























प्रतिक्रिया