निभाइयो मखनटोलमा लागेको आगो, ज्यान गुमाउनेमा अन्दाजी ७० वर्षकी वृद्धा

निभाइयो मखनटोलमा लागेको आगो, ज्यान गुमाउनेमा अन्दाजी ७० वर्षकी वृद्धा

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा आज बिहान ग्यास चुहिएर लागेको आगो निभाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उक्त वडाका दुईवटा घरमा लागेको आगो निभाइएको हो ।

काठमाडौँ र ललितपुर महानगरपालिकाका वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा आगो निभाइएको हो । घटनास्थलबाट अन्दाजी ७० वर्षकी महिलाको शव निकालिएको छ ।

सुरज आर्केड पछाडि पर्ने मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको ४ तले घरबाट आगलागी सुरू भएको थियो । माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी हुँदा क्षति भएकाे छ । सँगै रहेकाे रुकेश श्रेष्ठको ५ तले पक्की घरमा समेत आगो सल्किएको थियो ।

Logo