पीडित रश्मिला धामीकाे आराेप- ऐन महर सरकारकै संरक्षणमा छन्

पीडित रश्मिला धामीकाे आराेप- ऐन महर सरकारकै संरक्षणमा छन्

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । अदालतले ऐन महरमाथि मुद्धा चलाउन आदेश दिए पनि सरकारको संरक्षणमा रहेकाे आरोप लागेको छ ।

बुधबार संवाद डबलीमा पीडित रस्मिला धामीले पत्रकार सम्मेलनको आयोजना गरी सरकारी वकिल कार्यालय र प्रहरी प्रशासनले उन्मिुक्ति दिने तयारी गरेकोसमेत आरोप लगाइन् ।

२०८१ माघ ९ गते उच्च अदालत पाटनले आफ्नो पक्षमा फैसला दिए पनि महरको पक्षमा उच्च राजनीतिक संरक्षण तथा दवावमा कार्यान्वयन नभएको पीडित धामीले गुनासो गरिन् । मुद्धा अगाडि बढाई दोषीलाई कानूनी कारवाही गराउन आफूले रिट दायर गरेपछि र अदालतले न्यायको आशा जगाए पनि ऐन महर खुलेआम हिँडिरहेकोप्रति रोष व्यक्त गरिन् ।

फैसला भएको ४ महिना वितिसक्दा पनि महरलाई पक्राउ नगरिएको बताउँदै धामीले भनिन्,‘बलत्कारी ऐन महरलाई बाहिरैबाट अनुसन्धान गर्ने भन्दै सरकारी प्रशासनले पहुँचको आधारमा आलटाल मात्रै गदैनन् कि गैरजिम्मेवार जवाफ दिने गरिरहनु भएको छ ।’

उनले थप भनिन्,‘मैलै जघन्य अपराधको विषयमा न्याय खोजिरहेको छु, के यस्तो अपराधमा पनि बाहिरै राखेर अनुसन्धान गर्न मिल्छ ?’

पछिल्लो समयमा राजनीतिक प्रतिशोधका आधारमा सामान्य व्यक्तिहरुलाई पनि अनावश्यक दुःख दिने गरेको तर आफूप्रति जघन्य अपराध गर्ने महरप्रति सरकारी शक्तिको आडमा आफूलाई न्याय पाउनबाट बञ्चित गरिएको भनि धामीले पीडा व्यक्त गरिन् ।

ऐन महरले आफ्नो जीवन बर्वाद गरिसकेको बताउँदै धामीले न्यायका लागि जस्तोसुकै कदम चाल्न तयार भएकोसमेत बताइन् ।

Logo