बाढीपहिराले सभापोखरीमा यातायात विद्युत् र टेलिफोन सेवा अवरुद्ध

बाढीपहिराले सभापोखरीमा यातायात विद्युत् र टेलिफोन सेवा अवरुद्ध

केन्द्रबिन्दु
27
Shares

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–४ मा बाढीपहिराका कारण यातायात, विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको छ ।

बिहीबार राति आएको बाढीपहिराले सभापोखरी गाउँपालिकामा यातायात, विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईँले जानकारी दिए ।

गए राति वर्षासँगै आएको बाढीपहिराका कारण सभापोखरी गाउँपालिका–३, ४ र ६ लगायतका वडामा यातायात, विद्युत् र टेलिफोन अवरुद्ध भएको गाउँपालिका उपाध्यक्ष चापागाईँले बताए । बाढीपहिराले विभिन्न वडाका सडक र विद्युत् पोल बगाएको छ । बाढीले पोल बगाएपछि त्यस क्षेत्रमा आज बिहानदेखि सेवा अवरुद्ध भएको उनले बताए ।

बाढीले सभापोखरी गाउँपालिका–४ मा निर्माणाधीन २१ मेगावाटको सभापोखरी हाइड्रोपावरमा समेत क्षति पुगेको छ । बाढी सभापोखरी हाइड्रोपावरको निर्माण सामग्री बगाएको छ । बाढीपहिराले सभापोखरीका विभिन्न वडामा आधा दर्जन घर विस्थापित भएका छन् । बाढीबाट विस्थापित र क्षति विवरण सङ्कलन थालिएको छ । त्यस क्षेत्रमा अहिले पनि ठूलो वर्षा भइरहेका कारण विवरण सङ्कलनमा कठिनाइ भएको उहाँको भनाइ छ ।

Skip This
Skip This
Logo