एजेन्सी । भारतमा श्रीमती ब्रत बस्न नमानेको भन्दै एक श्रीमानले आत्महत्या गरेका छन् । उत्तर प्रदेश (युपी) को मथुरास्थित मघेरा निवासी दिनेश जाटवले श्रीमतीले करवा चौथ व्रत बस्न अस्वीकार गरेको भन्दै झुण्डिएर आत्महत्या गरेका हुन् । "/>

श्रीमती व्रत बस्न नमानेको भन्दै श्रीमानले आत्महत्या गरे

श्रीमती व्रत बस्न नमानेको भन्दै श्रीमानले आत्महत्या गरे

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । भारतमा श्रीमती ब्रत बस्न नमानेको भन्दै एक श्रीमानले आत्महत्या गरेका छन् । उत्तर प्रदेश (युपी) को मथुरास्थित मघेरा निवासी दिनेश जाटवले श्रीमतीले करवा चौथ व्रत बस्न अस्वीकार गरेको भन्दै झुण्डिएर आत्महत्या गरेका हुन् ।

पेशाले दर्जी रहेका जाटवलले श्रीमतीलाई करवा चौथ ब्रत बस्न भनेका थिए । तर पत्नीले आफू विरामी भएको भन्दै करवा चौथ व्रत बस्न अस्वीकार गरिन् । पन्तीले ब्रत बस्न अस्वीकार गरेपछि उनले झुण्डिएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

व्रत बस्ने कुरालाई लिएर शनिवार साँझ दिनेश र उनकी श्रीमतीबीच विवाद भएको थियो। विहेपछिको पहिलो व्रत भएकाले बस्नैपर्ने दिनेशको अडान थियो भने उनकी पत्नी चाँही विरामी भएकाले बस्न मानिनन्। पत्नीले व्रत बस्न नमानेपछि दिनेशले कोठाभित्र झुण्डिएर आत्महत्या गरेका हुन् ।

दिनेशले केही महिना पहिला मात्रै विहे गरेका थिए। घटनाबारे परिवारजनबाट कुनै उजुरी नआएको र उजुरी आएमा जाँच गरिने जैत पुलिस चौकीका प्रमुख अवधेश कुमारले जानकारी दिए ।

Skip This
Skip This
Logo