काठमाडौं । काठमाडौं उपत्यकामा वर्षा सुरु भएको छ ।
सुदूरपश्चिमबाट वर्षा गराउँदै आएको प्रणाली काठमाडौं आइपुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
काठमाडौंमा गए राति र बिहान पनि वर्षा भएको थियो । बिहान अबेरबाट भने केही समय मौसम सफा भएपछि पुनः वर्षा सुरु भएको हो ।
नेपालमा हाल पश्चिमी र स्थानीय वायुको प्रभाव छ । बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव छ ।





























प्रतिक्रिया