आकाशमै अस्ताइन् राजुकुमारी

आकाशमै अस्ताइन् राजुकुमारी

केन्द्रबिन्दु
201
Shares

काठमाडौं । बाराको सिमरा विमानस्थलबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजमा सवार एक यात्रुको मृत्यु भएको छ ।

रौतहटको फतुवा विजयपुर नगरपालिका–११ निवासी ३९ वर्षीया राजुकुमारी चौधरीको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा विमानमै मृत्यु भएको हो । उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौँ ल्याउन लागिएको थियो। तर, उनी विमानमै अचेत भइन्। सिनामंगलस्थित केएमसी अस्पतालमा पुग्दा चिकित्सकहरूले उनलाई मृत घोषणा गरे ।

हालसम्म राजुकुमारीको मृत्युको ठोस कारण भने खुल्न सकेको छैन।

Logo