काठमाडौं । गएको चैत १५ काठमाडौंको तीनकुनेमा भएको राजावादी समर्थकहरुको प्रदर्शनले मच्चाएको हिंसात्मक घटनाको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझाएको छ ।
प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई अनुसन्धान प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा प्रदर्शनका लागि जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंसहित ८ जना विरुद्ध ज्यानसम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने राय प्रहरीको छ ।
सरकारी वकिल कार्यालयले आइतबार मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।





























प्रतिक्रिया