ढोरपाटनका मेयर नेपालीलाई कास्कीमा पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश

ढोरपाटनका मेयर नेपालीलाई कास्कीमा पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । इमेज सहकारीका सञ्चालक एवं ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई कास्की जिल्ला अदालतले पनि पुर्पक्षका लागि थुनामा पठाएको छ ।

असोज १५ गते बागलुङ जिल्ला अदालतका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले पुर्पक्षका लागि कारागार चलान भएका देवकुमारलाई सोमबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेस्बासेको इजलासले पनि थुनामै राख्ने आदेश गरेको हो ।

देवकुमारले २०६८ सालमा पोखरा सिर्जनाचोक र २०६९ सालमा बागलुङमा आफ्नै नेतृत्वमा सहकारी खोलेका थिए । एमालेबाट लगातार दोस्रोपटक मेयर बने । तर यता सकारी डुब्दै गयो ।

प्रहरीमा जाहेरी परेपछि भागेर भारत छिरेका उनलाई प्रहरीले उतै पक्राउ गरी जहाजबाट नेपाल ल्याएको थियो । नेपालीले बागलुङमा मात्र १ अर्ब ३८ करोड रुपैयाँ अपचलन गरेको भन्दै बिगो दाबी गरेर अदालतमा अभियोग दायर भएको छ भने पोखरामा ५७ करोड ३५ लाख ८४ हजार रुपैयाँ बिगो माग दावी गर्दै २०८० भदौ १२ गते देवकुमारसहित १५ जनालाई विपक्षी बनाएर अभियोग कास्की जिल्ला जिल्ला अदालतमा दर्ता भएको थियो ।

Logo