महोत्तरी।
महोत्तरीको बर्दिबासमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ । ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै मंगलबार यहाँ दिनभर प्रदर्शन भएको थियो । प्रहरीको गोली लागेर बर्दिबास १ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा राति मृत्यु भएको हो । बालिका हत्याको बिरोधमा महोत्तरीको बर्दिवासमा भएको प्रर्दशनमा प्रहरीले मंगलबार गोली चलाएको थियो ।

आइतबार साँझदेखि हराएकी ६ बर्षिय बालिका गुलाब शाह खातुृनको सोमबार हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । हत्यापछि बोरामा फ्याकिएको अवस्थामा बालिकाको शव फेला परेपछि स्थानीयले बलात्कारपछि हत्या भएको दावी गर्दै प्रर्दशन गरेका हुन् ।
प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाएको हो । प्रहरीले चलाएको गोली लागेर बर्दिवास नगरपालिका वडा नम्बर १ का सञ्जय न्यौपाने पनि घाईते भएका छन् । कम्मरमुनी गोली लागेका न्यौपानेको बर्दिबासस्थित पिनाकल अस्पतालमा उपचार भइरहेको छ । बालिका हत्याको आशंकामा प्रहरीले महोत्तरीकै गौशाला नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका अरुणकुमार शाहलाई नियन्त्रणमा लिएको छ ।
हिजो दिनभर स्थानीय बासिन्दाले बालिकाको शव मुख्य सडकमा राखेर प्रर्दशन गरेका थिए । प्रहरीले भने प्रदर्शनकारीले राजमार्ग अवरुद्ध गरी आन्दोलनलाई उग्र बनाएपछि स्थितीलाई नियन्त्रणमा लिन गोली चलाएको बताएको छ ।
यसैबीच बालिकाको बलात्कारपछि हत्या भएको घटनाको विषयमा तनाव बढ्दै गएपछि बर्दिबासमा आज निषेधाज्ञा जारी भएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीले आज बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा गर्ने निर्णय गरेको हो । निषेधाज्ञा बिहीबार बिहान ६ बजेसम्मका लागि लगाउने निर्णय भएको हो।
र यो पनि





























प्रतिक्रिया