काठमाडाैं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घराज सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीमाथि १ करोड ८ लाख ४ हजार ५ सय ४ रुपैयाँ ५२ पैसा भन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लागेको छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० (१) बमोजिम सोडारीबाट उक्त रकम जफत गरी असुल गर्न माग गरेको छ । साथै, उनकी श्रीमती कसुरमा सोडारीको नाममा रहेको सम्पत्ति पनि गैरकानुनी आर्जित रकमको हदसम्म जफत गर्न माग गरिएको छ।





























प्रतिक्रिया