काठमाडौं । तीनकुनेको हिंसात्मक प्रदर्शनका घटनामा मुद्धा लागेका दुर्गा प्रसाईंसहित ३९ जनाविरुद्ध आजदेखि थुनछेक बहस सुरू हुने भएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा मंगलबार उनीहरूको बयान सकिएसँगै बुधबारदेखि थुनछेक बहस सुरू हुन लागेको हो ।
५० जनामाथि राजद्रोह, आपराधिक उपद्रव कसुर र संगठित अपराध कसुरमा मुद्दा दायर भएको थियो। तीमध्ये प्रसाईंसहित ८ जनाविरूद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि मुद्दा दायर भएको छ । आपराधिक उपद्रव कसुरमा ११ जनाविरूद्ध अर्को मुद्दा दर्ता भएपनि सबै जना धरौटीमा छुटिसकेका छन् ।
यस घटनामा समातिएका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाविरूद्ध पनि राजद्रोहमा मुद्दा दायर भएको छ । तर, उनीहरु हाजिरी जमानीमा रिहा भएका छन् । प्रसाईं, मिश्र र राणासहितका ५० जनाविरुद्ध १९ करोड ६१ लाख ५२ हजार ६१७ रुपैयाँबराबरको बिगो दाबी गरिएको छ ।































प्रतिक्रिया