चर्चित ज्योतिष डा. प्रकाश पौडेललाई पितृशोक

चर्चित ज्योतिष डा. प्रकाश पौडेललाई पितृशोक

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । चर्चित ज्योतिष डा. प्रकाश पौडेललाई पितृशोक परेको छ । उनका पिता पिता बलबहादुर पौडेलको ७७ वर्षको उमेरमा निधन भएको हो ।

न्युमेरोलोजीमा पिएचडी गरिसकेका डा. प्रकाश पौडेल वास्तुशास्त्र, केपी नाडी ज्योतिष तथा वैदिक ज्योतिषमा पनि निकै चर्चित छन् । उनी केन्द्रबिन्दु राशिफलका नियमित स्तम्भकार हुन् ।

यस दुःखद घडीमा शोकसन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदनका साथै दिवगंत आत्माको चीर शान्तिको कामना गर्दै केन्द्रबिन्दु प्रालिले भावपूर्ण श्रद्धान्जली प्रकट गरेको छ ।

Logo