काठमाडौं । सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ।
नक्साल भाटभटेनीस्थित अम्रपाली ब्यांक्वेट नजिकै उनको घरमा सादा पोसाकका प्रहरी खटिएका हुन्। पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियाे । उनी विरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा जाहेरी दर्ता भएको हाे ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले नक्सालस्थित हिल्टन होटल खरिद गरेको भन्दै पाठकले आफ्नो युट्युब च्यानलमा टफ टकमा ‘टफ एक्स्प्लेनर’ सामग्री प्रसारण गरेका थिए।





























प्रतिक्रिया