काठमाडौं । सरकारले निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक गरेसँगै विभिन्न टिका टिप्पणी सुरु भईसकेको छ । कसैले प्रतिवेदन नै अधुरो र अपुरो भनेका छन् कसैले यसलाई हल्का रुपमा टिप्पणी गरेका छन् । प्रतिवेदनले मुख्य दोषी अनुसन्धानमा खटिएको प्रहरीलाई देखाएको छ ।
प्रतिवेदनले शव फेला परेको स्थानदेखि आन्दोलनमा शन्नि खुनाको मृत्यु हुँदासम्म प्रहरीलाई दोषी देखाएको छ । विशेषगरी तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई मुख्य दोषी मानेको छ । जुन अहिले निलम्बित छन् । तिनै निलम्बित एसपी विष्टलाई हामीले प्रतिवेदनले त तपाईलाई मुख्य दोषी मानेको रहेछ नी भनेर सोधेका छौंः
उनले सबै गल्ती प्रहरीकै त देखाउने हो भन्दै भने, ‘गल्ती देखाउने प्रहरी कै हो । जस्ले जे गरे पनि जे लेखे पनि, जस्ले पत्रकार सम्मेलन गरेपनि, जसलाई काम गर्न नदिए पनि हुने । हात खुट्टा बाँधेर काम गराउने । सबैले एउटा प्रहरी मात्र देखेका छन्, दुबै तिरबाट प्रहरी नै पेलिएको छ ।’
प्रतिवेदन सार्वजनिक भएपछि आफुले पनि अध्ययन गरेको भन्दै भने, ‘प्रतिवेदन हचुवाको भरमा लेखिएको छ । त्यसमा सरासर गलत सम्प्रेशन गरेका छन् । प्रतिवेदनमा धेरै कुरा अनुमानको भरमा लेखेका छन् ।’
प्रतिवेदन लेख्दा विभिन्न वैज्ञानिक तथ्यका आधारलाई ध्यान दिनुपर्ने बताउँदै एसपी विष्टले अहिले त्यो प्रतिवेदन प्रहरीलाई दोषी करामत गर्नेबाहेक अरु केही नभएको बताए ।
‘अनुसन्धान गर्दा एउटा अधिकारसम्पन्न समितिले अनुमानको भरमा लेख्नुपर्छ र ? सबै कुराहरु वैज्ञानिक तथ्यको आधारमा नभई हचुवाको भरमा भन्ने ? अनुमानको भरमा जो माथि जे आरोप लगाएपछि हुन्छ र भन्या ? यो प्रतिवेदनमा केही कुराहरु एकदमै कपोकल्पित तथा भ्रामक छन्’ एसपी विष्ट भन्छन् ।
निर्मलाको भेजाइनल स्वाब भेट्टिँदा वीर्य नदेखिएको तर अनुमानको भरमा परीक्षणको लागि पठाईएको छ भन्ने छ नि भन्दा उनी भन्छन्, ‘यो पोस्टमार्टम गर्दा अस्पतालले नै लिन्छ स्वाव । डाक्टरले भेजाईनल स्वाव निकालेपछि मात्रै प्रहरीले त्यसलाई विधि विज्ञान प्रयोगशालामा लगेको हो । पोस्टमार्टम गर्दा सबै स्वाव झिकेर निकाल्ने काम डाक्टरहरुको हो । त्यसलाई प्रहरीले हुलाकीको काम गरेर विधि विज्ञान प्रयोगशाला लगेको हो । विधि विज्ञान प्रयोगशालाले नै टेस्ट गर्ने हो, हामीले केही गर्ने होइन । त्यसमा प्रहरीले गल्ती गर्यो भन्नु हास्यास्पद मात्र हुन्छ ।’
दिलिप विष्टको घरबाट कपडाको टुक्रा नै प्रहरीले ल्याएर दिलिपलाई आरोपी बनाउनुभए छ नि भन्ने प्रश्नमा उनी भन्छन्, ‘त्यो ल्याएको कुरा मलाई जानकारी छैन । यहाँ डिएनएको परिक्षण गर्नु छ भने त्यो कपडाको टुक्रा ल्याएको विषयसँग सरोकार छैन ।’































प्रतिक्रिया