भारतीय पक्षले जानकारीबिना नै सीमाकाे पुल बन्द गरेपछि…

भारतीय पक्षले जानकारीबिना नै सीमाकाे पुल बन्द गरेपछि…

केन्द्रबिन्दु
81
Shares

दार्चुला । भारतीय पक्षले एकतर्फी रूपमा दार्चुला सदरमुकामस्थित नेपाल भारत जोड्ने सीमा पुल बन्द गरेको छ ।

नेपाली पक्षलाई कुनै जानकारी नदिई आज बिहान ११ बजेदेखि पुल बन्द गरिएको हो । अन्तर्राष्ट्रिय सीमा पुल बन्द गर्नेबारे कुनै प्रकारको लिखित जानकारी पनि आदानप्रदान भएको छैन ।

गत जेठ २४ गते शनिबारका दिन दार्चुला सदरमुकाम खलंगापारि धार्चुला बजारमा कमलेश लानुको चक्कु प्रहार गरी हत्या गरिएको थियो । हत्यारा अहिलेसम्म पक्राउ नपरेको भन्दै दबाब स्वरूप सोमबार धार्चुला बजार र अन्तर्राष्ट्रिय सीमा पुल बन्द गर्ने घोषणा गरिएको थियो ।

Skip This
Skip This
Logo