हिमालय एयरलाइन्सको जहाज झण्डै ३ घण्टादेखि आकाशमा घुमेको घुम्यै

हिमालय एयरलाइन्सको जहाज झण्डै ३ घण्टादेखि आकाशमा घुमेको घुम्यै

केन्द्रबिन्दु
462
Shares

काठमाडौं । चीनको ल्हासाबाट काठमाडौं उडेको हिमालय एयरलाइन्सको जहाज झण्डै ३ घण्टादेखि आकाशमा फन्को मारिरहेको छ ।

१२ बजेर ३५ मिनेटमा अवतरण गर्ने अनुमानित समय निर्धारण गरिरहेको भए पनि यो विमान अहिलेसम्म पनि नेपालको आकाशमै घुमिरहेको हो । आकाशमा हावाको गति अधिक भएका कारण अवतरण गर्न नसकेको बताइएको छ ।

थाइल्याण्डको बैंककबाट आएको थाइ लायन एयरको जहाज पनि काठमाडौंमा अवतरण गर्न सकिरहेको छैन ।

Logo