मेलम्चीमा बस दुर्घटना, चालकसहित आठजना घाइते

मेलम्चीमा बस दुर्घटना, चालकसहित आठजना घाइते

केन्द्रबिन्दु
111
Shares

काठमाडौं । सिन्धुपाल्चोकबाट भोताङबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश–३–०१–००५ख ९९७६ नम्बरको बस मेलम्चीमा दिउँसो करिब १ः०० बजे दुर्घटनामा परेको छ ।

दिउँसो मेलम्ची नगरपालिका– १० रामपुरबेसी, मेलम्ची बजारपारि भएको बस दुर्घटनामा परी बसमा सवार ८ जना घाइते भएका छन् भने २ जनाको अवस्था मध्यम र ६ जना सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

Logo