त्रिशूली नदीमा २ जनाको शव फेला

त्रिशूली नदीमा २ जनाको शव फेला

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । त्रिशूली नदीमा २ जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गल्छी गाउँपालिका–२ क्यरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली नदी किनारमा २ वटा शव फेला परेको हो । शवको स्थिति हेर्दा मृतक दुवै जना पुरुष रहेका छन् तर, पहिचान खुलेको छैन ।

आज आकस्मिक आएको बाढीका कारण त्रिशूली नदीमा यो घटना निम्त्याएको हुनसक्ने अनुमान गरिएको छ ।

आजै नुवाकोटको बिदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा दाउरा खोज्न गएका एक दम्पति एक्कासी आएको बाढीका कारण फसेका थिए । रुखमा चढेर ज्यान जोगाएका उनीहरुको हेलिकप्टरबाट उद्दार गरिएको थियो ।

Skip This
Skip This
Logo