काठमाडौं । तिब्बतमा आएको अबिरल वर्षाको कारण आकस्मिक रुपमा रसुवागढीमा आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।
नेपाल प्रहरीले अहिलेसम्म ५५ जनाको उद्दार गरिएको र सात जना मृत फेला परेका जनाएको हो । वेपत्ता हुनेको संख्या १८ जना पुगेको छ ।
मंगलबार बिहान करिव ३ बजे तिब्बतमा परेको अबिरल बर्षाको कारण भारी मात्रामा बाढी आएर रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर .२ स्थित रसुवागढीमा साढे ११ बजेसम्म तीन जना प्रहरी कर्मचारी, ६ जना चिनिया नागरिक र ९ जना सर्वसाधारण वेपत्ता रहेको नेपाल प्रहरीले जनाएको हो ।
गोसाइँकुण्ड गाउँपालिका १, २ र ३,आमाछोदिङमो गाउँपालिका १, २, ४ र ५ उत्तरगया गाउँपालिका २,४,५ ,कालिका गाउँपालिका एक प्रभावित भएको प्रहरीले जनाएको छ ।
हालसम्म नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको छ भने चार्जिङ स्टेसनमा क्षति भएको जनाएको छ । त्यस्तै ७/८ वटा इभी गाडिहरू बगाएको, भन्सार कार्यालय रसुवाको यार्ड, रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको छ ।
हाल रसुवा गोसाइँकुण्ड गाउँपालिका–५ पासाङल्हामु सडकखण्ड स्थितमा बाढीको कारण सडक चर्किन जाँदा धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया