जनकपुरधाम । प्रदेश २ सरकारले एसिड आक्रमणमा परी मृत्यु भएकी रौतहट चन्द्रनिगाहपुरकी १८ वर्षीया सम्झना दासको परिवारलाई थप ३ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । "/>

सम्झना दासको परिवारलाई प्रदेश सरकारले थप ३ लाख राहत दियो

सम्झना दासको परिवारलाई प्रदेश सरकारले थप ३ लाख राहत दियो

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम । प्रदेश २ सरकारले एसिड आक्रमणमा परी मृत्यु भएकी रौतहट चन्द्रनिगाहपुरकी १८ वर्षीया सम्झना दासको परिवारलाई थप ३ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।

उपचारको क्रममा आईतबार राति कीर्तिपुर अस्पतालमा निधन भएकीको सम्झनाको परिवारलाई प्रदेश सरकारले थप ३ लाख रुपैयाँ राहत दिने घोषणा गरेको हो । यसअघि प्रदेश सरकारले १ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । प्रदेश सरकारले सम्झनाको निधनप्रति दुःख व्यक्त गरेको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सम्झनाको निधनप्रति दुःख व्यक्त गर्दै ३ लाख क्षतिपूर्ति दिने घोषणा गरेका हुन् । राउतले बेटी बचाऊ, बेटी पढाऊ योजनाअन्तर्गत उक्त रकम दिन लागिएको एक विज्ञप्ती जारी गरेर उल्लेख गरिएको छ ।

प्रदेश सरकारले उपचाररत सुस्मिता दासको उपचारमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । १५ वर्षीया सुस्मीता हाल उपचाररत छिन् । त्यस्तै घटनाको छानविन गर्न मुख्यन्यायाधिवक्ता दीपेन्द्र झालाई निर्देशन दिईएको छ ।

मुख्यमन्त्री राउतले एसिड आक्रमणको छानवीन गरी दोषीमाथि कारवाही गर्न तथा भविष्यमा यस्ता घटना हुन नदिन आवश्यक उपाय तथा कानुनी रायसहित १५ दिनभित्र लिखित प्रतिवेदन पेश गर्न निर्देशन दिएका हुन् ।

सम्बन्धित थप समाचारः

तेजाब आक्रमणबाट घाइते सम्झना दासको उपचारको क्रममा मृत्यु

पोष्टमार्टमको लागि सम्झना दासको शव टिचिङ लगियो, आजै अन्त्येष्टि गरिने

१२ दिनको संघर्षपूर्ण उपचारपछि सम्झनाले संसार छोडिन (हृदयविदारक भिडियो)

अन्ततः मृत्युसँग हारिन सम्झना !

 

Logo