काठमाडौँ
सामाजिक सञ्जाल फेसबुक म्यासेन्जर मार्फत बुहारीलाई आपत्तिजनक अपशब्द प्रयोग गरेको अभियोगमा नेपाल प्रहरीका पूर्वडिएसपी कृष्णकुमार खड्का पक्राउ परेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखामा परेको उजुरीको आधारमा उनलाई पक्राउ गरी स्वास्थ्य उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ । बुहारी समुना खड्काले आफ्नै जेठाजु कृष्ण कुमार खड्काबाट आपत्तिजनक शब्द प्रयोग गरेको स्क्रीन सर्ट सहित उजुरी दिएपछि उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । समुना पूर्वडिएसपी कृष्णराज खड्काका आफ्नै भाई दीलिपकुमार खड्काकी श्रीमती हुन् ।
बैबाहिक जीवनको २५ बर्षपछि नेपालगन्जबाट बुहारी समुना बोक्सीको आरोप लगाएर घरबाट कुटपीट गरी निकालेपछि केहि वर्ष देखि हाल बानेश्वरमा एक छोरा र एक छोरीका साथ बस्दै आएकी छिन् । २३ बर्षीय छोरी र २६ बर्षीय छोराका साथमा रहेकी उनलाई जेठाजु खड्काले सामाजिक सञ्जालमा धेरैपटक अपशब्द प्रयोग गरेको भएपनि पछिल्लो दिनमा सहनै नसक्ने र पढ्दापनि लाज हुने शब्द प्रयोग गरेपछि उनी प्रहरीको शरणमा पुगेकी थिइन् । प्रहरीले पूर्व डिएसपी खड्कालाई साइबर अपराध ऐन अन्तर्गत पक्राउ गरिएको जनाएको छ ।
नागरिकबाट





























प्रतिक्रिया