काठमाडौं । काठमाडौंमा फेरि अर्की युवती बलात्कृत भएकी छन् । सिमलटारस्थित आरुबारीमा २८ वर्षीय युवती बलात्कृत भएकी हुन् । मानसिक रोगी रहेकी ती युवती स्थानीय एक ग्रिल पसलमा बलात्कृत भएकी हुन् । "/>

बाबुले सञ्चालन गरेको ग्रिल पसलमा लगेर मानसिक रोगी युवतीमाथि बलात्कार

बाबुले सञ्चालन गरेको ग्रिल पसलमा लगेर मानसिक रोगी युवतीमाथि बलात्कार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौंमा फेरि अर्की युवती बलात्कृत भएकी छन् । सिमलटारस्थित आरुबारीमा २८ वर्षीय युवती बलात्कृत भएकी हुन् । मानसिक रोगी रहेकी ती युवती स्थानीय एक ग्रिल पसलमा बलात्कृत भएकी हुन् ।

उनलाई बलात्कार गरेको आरोपमा सोलुखुम्बुका दावा तामाङ पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो । युवती चर्चबाट फर्किँदै गरेको वेला फकाएर लगेर तामाङले बलात्कार गरेको पीडित परिवारको दिएको उजुरीमा उल्लेख गरिएको छ ।

तामाङको बुबाले सञ्चालन गरेको ग्रिल पसलमा लगेर उनले बलात्कार गरेका हुन् । तामाङले बयानमा आफ्नो कसुर स्वीकारेका छन् । आफूले मादक पदार्थ सेवन गरेको तालमा घटना भएको बयान दिएको प्रहरीले जनाएको छ ।

 

Logo