काठमाडौं । भोलिदेखि दशैका लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भोली (मंगलबार) देखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको महासंघको कार्यसम्पादन सचिवालय बैठकले हाल सञ्चालनमा रहेका गाडीबाटै यात्रुलाई ओसार्ने गरी अग्रिम टिकट बुकिङ खुल्ला गरिएको महासचिव सरोज सिटौलाले जानकारी दिए ।
महासंघले अग्रिम टिकट बुकिङ खुल्ला गरिसँगै प्रभावकारी अनुगमनका लागि विभिन्न समिति पनि गठन गरेको छ । सिटौलाका अनुसार यात्रुलाई सहजरुपमा गन्तब्यमा पुर्याउनका लागि देशमै रहेका सवारी साधनका प्रयोग हुनेछ ।





























प्रतिक्रिया