काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान जारी छ । साउन ११ गते घटेको घटनापछि अहिलेसम्म पनि मुख्य अभियुक्त पक्राउ पर्न सकेको छैन् । "/>

आफु फस्ने डरपछि निर्मला काण्डमा संलग्न प्रहरी एकअर्काप्रति आरोप प्रत्यारोपमा

आफु फस्ने डरपछि निर्मला काण्डमा संलग्न प्रहरी एकअर्काप्रति आरोप प्रत्यारोपमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान जारी छ । साउन ११ गते घटेको घटनापछि अहिलेसम्म पनि मुख्य अभियुक्त पक्राउ पर्न सकेको छैन् । यतिबेला उक्र घटनाको अनुसन्धान गर्ने प्रहरी अधिकारी नै प्रहरी कष्टडीमा छन् ।

तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टदेखि सीआईबीबाट खटिएका डिएसपी अंगुर जिसी लगायत दुई दर्जन प्रहरीमाथि अनुसन्धान जारी छ । एआईजी धीरु बस्नेत नेतृत्वको छानविन समितिले प्रहरी अधिकारीहरुको बयान लिनेदेखि पोलिग्राफ परीक्षण गर्ने काम गरिरहेको छ ।

बयान लिने क्रममा ति प्रहरी अधिकारीहरुले एकअर्कामाथि आरोप लगाईरहेका छन् । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार आफु फस्ने डरले उनीहरुले अरुलाई दोषारोपण गरिरहेका छन् ।

सीआईबीबाट गएको टोलीले कञ्चनपुर प्रहरीलाई र कञ्चनपुर प्रहरीले सिआइबी टोलीलाई दोषी देखाउँदै बयान दिईरहेको एक अनुसन्धान अधिकारीले बताए । ‘बयानमा दुवै पक्ष एक अर्कोलाई दोष थुपारिरहेका छन् । सीआईबीको टोलीले कञ्चनपुर प्रहरीलाई दोषी देखाईरहेको छ । तर कञ्चनपुर प्रहरीले पनि सीआईबीलाई दोषी करार गरिरहेको छ ।’

सीआइबीको टोलीले कञ्चनपुर प्रहरीले घटनाका अभियुक्त भनिएका दीलिपसिंह विष्टलाई पक्राउ गरेको र आफूहरुले प्रमाण संकलन गरेको र प्रमाण मिलेकाले कारबाही अगाडि बढाएको बताएका छन् ।

सीआईबी टोलीले घटनामा अभियुक्त विष्टको डिएनए परीक्षण समेत आफ्नै टोलीले गर्न लगाएको बयानका क्रममा बताएको ति अधिकृतले बताए ।

त्यस्तै कञ्चनपुर प्रहरी प्रमुख लगायतले भने सीआइबीले प्रमाण र अनुसन्धान गर्दा अभियुक्त विष्टसँग नै मिलेकाले आफूहरुले कारबाही प्रकृयामा ल्याएको बताए । बयानमा दुवै प्रहरीले कुनै पनि नियोजित रुपमा अनुसन्धान नगरेको दावी गरेका छन् ।

Logo