काठमाडौं । तीजको दरखाने दिन तेजाब आक्रमणबाट गम्भीर घाइते बनेकी रौतहटकी १८ वर्षीया सम्झना दासको ज्यान गएको छ । कीर्तिपुरस्थित अस्पतालमा उपचार गराईरहेकी दासको आइतबार राति मृत्यु भएको हो । "/>

तेजाब आक्रमणबाट घाइते सम्झना दासको उपचारको क्रममा मृत्यु

तेजाब आक्रमणबाट घाइते सम्झना दासको उपचारको क्रममा मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । तीजको दरखाने दिन तेजाब आक्रमणबाट गम्भीर घाइते बनेकी रौतहटकी १८ वर्षीया सम्झना दासको ज्यान गएको छ । कीर्तिपुरस्थित अस्पतालमा उपचार गराईरहेकी दासको आइतबार राति मृत्यु भएको हो ।

चन्द्रपुर नगरपालिका ६ की १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि गत भदौ २७ गते राति सुतिरहेको बेला एसिड प्रहार भएको थियो । यौन प्रस्ताव अस्वीकार गरेको भन्दै ठूलो बाबु नाता पर्ने ५० वर्षीय छिमेकी रामबाबु पासवानले तेजाब आक्रमण गरेका थिए ।

तेजाबले सम्झनाको अनुहारसहित शरिरको अधिकांश भाग जलेको थियो । उनकी बहिनी सुस्मिताको भने अहिलेपनि उपचार भईरहेको छ । उनको अवस्था खतरा मुक्त रहेको कीर्तिपूर अस्पतालले जनाएको छ ।

Skip This
Skip This
Logo