वीरगन्ज । १ लाख रुपैयाँ घुुससहित वीरगञ्ज महानगरपालिकाका दुई कर्मचारी पक्राउ परेका छन् । सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा वीरगन्ज महानगरपालिकाका दुई जना कर्मचारी पक्राउलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौडाको टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा शिक्षा शाखाका अधिकृत मन्जुर आलम र सुब्बा शशिभूषण साह छन्। वीरगन्ज महानगरपालिका–१४ स्थित अर्कोन इन्टरनेसनल एकेडेमी बोर्डिङ स्कुल दर्ता गर्ने क्रममा सो एकेडेमीका एकवाल हैदरसँग उनीहरुले घुस मागेको आरोप लागेको छ ।
शशिभूषणका भान्जा अरबिनकुमार साहको पसलमा पैसा लिन लगाइएको र दिने क्रममा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।































प्रतिक्रिया