काठमाडौं । काठमाडौं उपत्यकाबाहेकका सार्वजनिक गाडीका चालकहरु आन्दोलनमा उत्रिएका छन् । गत भदौ १ गतेदेखि लागु भएको नयाँ मुलुकी संहिताको विरोधमा काठमाडौं उपत्यकाबाहिरका चालकहरु विरोधमा उत्रिएका हुन् । नयाँ ऐनले चालहरुलाई मनपरी थुन्ने र दुःख दिने काम सुरु भएकोले आन्दोलन गर्नुपरेको उनीहरुले बताएका छन् ।
पेशा व्यवसाय गर्दा अन्जानमा हुने गल्तीले पनि जिन्दगीभरी कारबाही भोग्नुपर्ने अवस्थाको सृजना नयाँ ऐनले गरेको उनीहरुको भनाई छ । आन्दोलनका कारण काठमाडौं उपत्यकाबाहिर लामो तथा छोटो दुरीका सार्वजनिक सवारी चलेका छैनन् ।































प्रतिक्रिया