काठमाडौं । ऐतिहासिक र पुरातात्वीक महत्व बोकेको काठमाडौं सुन्धाराको धरहरा यतिबेला भरिभराउ छ । साउन १ गतेदेखि दैनिक १२ घण्टा सर्वसाधारणका लागि खुला भएपछि अवलोकनकर्ताहरुको भीड बढेको छ ।
२०७२ वैशाख १२ को भूकम्पले पुरानो धरहरा ढलेपछि ढिलागरी ६ बर्षपछि पुनःनिर्माण सकिएको धरहरा असोज ३ गतेदेखि परीक्षणका रूपमा खुला गरिएको थियो । गत मंसिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित अवलोकन गर्ने व्यवस्था गरिएको थियो ।
सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)ले संचालित धरहरा हाल हरेक दिन बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।
सर्वसाधारणको चापलाई मध्यनजर गर्दै धरहरा अवलोकनको समय बढाइएको छ । १२ घण्टा धरहरा सन्चालन गर्नुका साथै सार्वजनिक दिनमा पनि धरहरा खुल्ला गरिएको छ । यसरी १२ धण्टा धरहरा सन्चालनमा ल्याएपछि धरहरा अवलोकन गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
समय बढेसँगै पहिलाको भन्दा ५० प्रतिशतले अवलोकन गर्नेहरुको संख्या वृद्धि भएको धरहरा अन्तरिम सञ्चालक तथा व्यवस्थापन कार्यालयका प्रमुख महेश राईले बताए । उनले बिहान र बेलुकाको सिफ्टमा गरि ४५ प्रतिशत थप मान्छेहरु आउने गरेको बताए । उनले भने, ‘२०८२ साउन १ गतेबाट सरकारले निर्णय गरेअनुसार १२ घण्टा अर्थात धरहरा दुई सिफ्टमा सन्चालनमा ल्याएका छौं । दुई–दुई सिफ्टमा गर्दाखेर राम्रो भएको छ । बिहान र बेलुकाको सिफ्टमा गरि ४५ प्रतिशत मानिस आउने गरेका छन् । यो हामीले गरेको पहिलो र दोस्रो दिनको तथ्यांक अनुसार पहिलाको भन्दा ५० प्रतिशतले वृद्धि भएको छ ।’
यसैगरी उनले आन्तरिक रुपमा धरहरा सन्चालनमा आए पनि सुधार गर्नुपर्ने पक्षहरु धेरै रहेको बताए ।
शौचालयप्रति गुनासो
धरहरा अवलोकनमा आगन्तुकहरुको भीड बढेपनि आन्तरिक व्यवस्थापनमा प्रशस्त कमजोरी रहेको अवलोकनकर्ताहरुको गुनासो छ । धरहरा संचालन प्रमुख राईल शौचालय व्यवस्थापन अझै राम्रोसँग भइनसकेको स्वीकार गरे । उनले शौचालय, सरसफाइ, सुरक्षा, पार्किङ्ग जस्ता विषयलाई अझै धेरै व्यवस्थित रुपमा लानुपर्ने औंल्याए





























प्रतिक्रिया