आज काठमाडौंसहित यी ४१ जिल्लामा बाढीकाे जाेखिम

आज काठमाडौंसहित यी ४१ जिल्लामा बाढीकाे जाेखिम

केन्द्रबिन्दु
57
Shares

काठमाडाैं । आज देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने मौसम विज्ञान विभागले पूर्वानुमान गरेसँगै बाढीकाे पनि उत्तिकै जाेखिम बढेकाे छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ४१ जिल्लालाई एल्लो अलर्टमा राखिएको छ । महाशाखाका अनुसार आज इलाम, झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, काठमाडौं, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने उच्च सम्भावना छ।

साथै सोलुखुम्बु, ओखलढुंगा, सिन्धुपाल्चोक, काभ्रेपालाञ्चोक, दोलखा, रसुवा, धादिङ, नुवाकोट, गोरखा, कास्की, पर्वत, बागलुङ, लमजुङ, स्याङ्जा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, दैलेख, कालिकोट, अछाम, मुगु, जुम्ला, डोल्पा, बझाङ, डोटी, बैतडी र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने मध्यम सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।

Skip This
Skip This
Logo