आज यी जिल्लामा बाढीको जोखिम

आज यी जिल्लामा बाढीको जोखिम

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदै गर्दा सम्भावित बाढीको पनि उत्तिकै जोखिम रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाब सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ।

आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, रामेछाप, भोजपुर, खोटाङ, ओखलढुंगा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, कास्की, पर्वत, म्याग्दी, बागलुङ, लमजुङ, रोल्पा, गुल्मी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च छ।

साथै आज इलाम, झापा, धनकुटा, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, सिन्धुली, मकवानपुर, स्याङ्जा, गोरखा, दाङ, बाँके, सुर्खेत, बर्दिया, डोटी, अछाम, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम रहेको बताइएको छ ।

Skip This
Skip This
Logo