आज देशका यी मुख्य राजमार्गहरू अवरुद्ध

आज देशका यी मुख्य राजमार्गहरू अवरुद्ध

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । आज देशभर विभिन्न स्थानमा अविरल वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन निर्देशनालयले आज बिहान १० बजेसम्मको जानकारी अनुसार विभिन्न जिल्लाका सडकखण्डहरूमा यातायात आवागमन प्रभावित भएको जनाएको छ।

रसुवाको गोसाइकुण्ड गा.पा. २ स्थित लाङटाङ जोड्ने पुल बाढीका कारण क्षतिग्रस्त हुँदा नेपाल र चीन जोड्ने सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ। सोही जिल्लाको पासाङ ल्हामु सडकखण्ड पनि पहिरोका कारण बन्द छ।

यता सिन्धुपाल्चोकमा पनि भाेटेकाेशी गा.पा. २ कोदारीस्थित अरनिको राजमार्ग पहिरोले पूर्ण रुपमा अवरुद्ध भएको छ। नुवाकोटमा शिवपुरी गा.पा. ५ चालिसेस्थित मध्य पहाडी लोकमार्ग पनि पहिरोका कारण पूर्ण रुपमा बन्द छ।

संखुवासभामा भोटखोला गा.पा.४ बरुणस्थित कोशी राजमार्ग अविरल वर्षाका कारण पूर्ण रुपमा अवरुद्ध छ। रुकुम पश्चिममा आठबिसकोट न.पा. ६ सिजिमारस्थित जाजरकोट दोल्पा भेरी करिडोर सडकखण्ड पहिरोले पूर्ण रुपमा अवरुद्ध छ।

हुम्लामा सिमकोट गा.पा. ६ शिव मन्दिरस्थित कर्णाली करिडोर पनि पहिरोका कारण पूर्ण रुपमा अवरुद्ध भएको छ। जाजरकोटमा छेडागाड न.पा. ३ दखेरी भिर गिर्खोलास्थित मध्य पहाडी राजमार्ग पहिरोले पूर्ण रुपमा अवरोध गरेको छ।

यता बाग्लुङकाे बाग्लुङ न.पा. १० दल्याङस्थित कालिगण्डकी करिडोर पहिरोपछि एकतर्फी खुल्ला गरिएको छ। नवलपरासी पूर्वमा गैंडाकोट न.पा.-३ तरबोलास्थित कालिगण्डकी करिडोर बाढीले एकतर्फी सुधार भएको छ।

मुस्ताङकाे थासाङ गा.पा. ४ घोष्टपिङ्ग खण्डमा बेनी-जोमसोम सडक पहिरोले एकतर्फी मात्र सञ्चालनमा छ। रोल्पाकाे परिवर्तन गा.पा. ५ धर्माछिम र धामाचौरस्थित सहिद राजमार्ग पनि पहिरोपछि एकतर्फी खुल्ला छ।

Logo