मनसुनी वायुको प्रभावः देशका यी स्थानमा आज भारी वर्षाको सम्भावना

मनसुनी वायुको प्रभावः देशका यी स्थानमा आज भारी वर्षाको सम्भावना

केन्द्रबिन्दु
99
Shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित छ। अहिले गण्डकी प्रदेश,लु्म्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भैरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती प्रदेश, गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भाग एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

त्यस्तै, रातिको समयमा भने सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

Logo