सुनकोशीमा हामफालेका एक वृद्ध बेपत्ता

सुनकोशीमा हामफालेका एक वृद्ध बेपत्ता

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३, सरमथली माझीटोलका एक वृद्ध सुनकोशीमा हामफालेर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा ७० वर्षीय गणेश माझी छन् ।

शनिबार दिउँसो तेमाल गाउँपालिका–३ को मलुवा भन्ने स्थानबाट उनी नदीमा हामफालेका थिए । प्रत्यक्षदर्शी स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । तर, घटनापछि प्रहरी चौकी पचुवारघाटको प्रहरी टोली र स्थानीयवासीले बेपत्ता माझीको खोजी गरिरहे पनि भेट्याउन सकेको भने छैन ।

Logo