तारकेश्वरका वडाध्यक्ष कविराज बस्नेत पक्राउ

तारकेश्वरका वडाध्यक्ष कविराज बस्नेत पक्राउ

केन्द्रबिन्दु
90
Shares

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष कविराज बस्नेत पक्राउ परेका छन्।

काठमाडौं र तारकेश्वर नगरपालिकाबीचको सीमा विवादमा झडप हुँदा घाइते भएका व्यक्तिले वडाध्यक्ष बस्नेतविरूद्ध जाहेरी दिएका थिए। त्यसपछि उनीविरूद्ध ज्यानमार्ने उद्योग कसुरमा पक्राउ पुर्जी जारी भएको थियो ।

पक्राउ पूर्जी जारी भएको थाहा पाएपछि आफैँ निवेदनसहित उपस्थित भएका वडाध्यक्ष बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

Logo