गुण्डा नाइके चक्रे मिलन थप ५ दिन हिरासतमा रहने

गुण्डा नाइके चक्रे मिलन थप ५ दिन हिरासतमा रहने

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । गुण्डा नाइके चक्रे मिलन उर्फ मिलन गुरुङलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

दोस्रो पटक जिल्ला प्रशासन कार्यालय काठमाडौंले गुरुङसहित १९ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । योसँगै उनीहरूको हिरासत बसाइ लम्बिने भएको छ ।

१५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त अपरेशनमा उनीहरू पक्राउ परेका थिए ।

Logo