मुग्लिन सडकखण्डमा ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते

मुग्लिन सडकखण्डमा ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते

केन्द्रबिन्दु
33
Shares

मुग्लिन (चितवन) । नारायणगढ–मुग्लिन सडकखण्डमा माथिबाट ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन्द्र खनालका अनुसार नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको केए–४३६८५६ भारतीय नम्बरप्लेट भएको ट्रकमा इच्छाकामना गाउँपालिका–तीन नम्बर पुल नजिकै सडकमाथिबाट ढुङ्गा खस्दा ट्रक चालक भारतीय नागरिक ४५ वर्षीय मेगु प्रसाद, उनका छोरा १८ वर्षीय सयद अफिद र ट्रकमै सवार २१ वर्षीय नहमान धुनियाँ घाइते भएका हुन् ।

चालक मेगु प्रसादको टाउकोमा गम्भीर चोट लागेको छ । अन्य दुईको अवस्था सामान्य छ । तीनै जनाको सरकारी अस्पताल भरतपुरमा उचार भइरहेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo