काठमाडाैं । काठमाडौंको तारकेश्वर नगरपालिका-७ स्थित साङ्ला खोलामा माइक्रोबस खसेको छ।
काठमाडौँ-नुवाकोट सडक खण्डमा गुड्ने बागमती प्रदेश ०६-००१ ज ०५६२ नम्बरको माइक्रोबस आज बिहान खोलामा खसेर दुर्घटना भएको हाे । चार्जिङ स्टेसनबाट बसपार्क जाने क्रममा माइक्रो दुर्घटनामा परेको बताइएकाे छ ।
गाडीमा चालकबाहेक कोही नभएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। चालक पनि सकुशल छन्।































प्रतिक्रिया