मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–६ चुच्चेपाटी भाटभटेनीस्थित सडकमा बा ५१ प ४९७६ नम्बरको मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

आज मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौं साँखु बस्ने उदयपुरकी ३५ वर्षीया उषा तामाङ घाइते भएकी र उनको स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

Logo