आज देशभरको मौसम कस्तो रहला ?

आज देशभरको मौसम कस्तो रहला ?

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भु-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ।

राति भने कोशी प्रदेश, मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू‍भागमा आंशिक बदली रहने सम्भावना छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

Logo