मन्त्री सवार गाडीले जेब्राक्रसिङमा बालिकालाई ठक्कर दियो, प्रधानमन्त्रीले भने- पार्टीले उपचार गर्छ

मन्त्री सवार गाडीले जेब्राक्रसिङमा बालिकालाई ठक्कर दियो, प्रधानमन्त्रीले भने- पार्टीले उपचार गर्छ

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । कोशीका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर सवार गाडीले जेब्राक्रसिङमा बालिकालाई ठक्कर दिएको छ ।

ललितपुरको गोदावरीमा जारी एमालेको विधान महाधिवेशनतर्फ गइरहेको को १ झ ६९९ नम्बरको सरकारी गाडीले शनिबार बिहान हरिसिद्धि माविअगाडि बाटो काट्दै गरेकी ११ वर्षीया बालिका उषा सुनुवार मगरलाई ठक्कर दिएको हो।

ठक्कर दिएर गाडी रोक्दै नरोकी फरार भएको थियो ।

यसको चर्चा एमालेको विधान महाधिवेशमा पनि चलेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गाडीको ठक्करबाट घाइते भएकी बालिकाको उपचार खर्च पार्टीले बेहोर्ने बताएका छन् । ‘सामान्यरूपमा एक बच्चीलाई गाडीले छोयो । अस्पताल लगिसकियो । त्यस्तो कुनै नियत थिएन । पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च बेहोर्छ । घटनाप्रति दुःख व्यक्त गर्दछु ।’ उनले भनेका छन् ।

Logo