जेन जीको प्रदर्शन अशान्तपूर्ण, सबैजनालाई तत्कालै घर फर्किन आह्वान

जेन जीको प्रदर्शन अशान्तपूर्ण, सबैजनालाई तत्कालै घर फर्किन आह्वान

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा सडकमा उत्रिएको जेन जीको प्रदर्शन अशान्तपूर्ण भएपछि तत्कालै सबैलाई फर्किन जेनजी नेपालले आह्वान गरेको छ ।

जेनजी नेपाल नामको फेसबुक पेजबाट जारी सूचनामा भनिएको छ, ‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला । धेरै स्वार्थ प्रेरित समूहहरुले भिडलाई उत्तेजित बनाइरहेका छन् । चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस् । हाम्रो आजको दिन सफल भइसकेको छ । आज सबै जना सुरक्षित तरिकाले घर जानुस् ।’

हाल जेन–जीहरु बानेश्वरस्थित संसद् भवन भवन प्रवेश गरेका छन् । निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश गर्न थालेको हो । अवस्था नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास प्रहार पनि गरेको छ । अहिले उक्त क्षेत्र तनावग्रस्त भएको छ । प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

Logo