पोखरामा पनि कर्फ्यू आदेश जारी

पोखरामा पनि कर्फ्यू आदेश जारी

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । जेन–जीको प्रदर्शन अनियन्त्रित बनेपछि जिल्ला प्रशासन कास्कीले पोखरा महानगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ । पोखरामा दिउँसो २ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो ।

अर्को आदेश नभएसम्मका लागि पूर्वतर्फ वाइचोक, उत्तरपूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेगेट (बैदाम), उत्तरतर्फ मालमोत कार्यालय र दक्षिणतर्फ राष्ट्रबैङ्कचोक (दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालयअगाडि, ड्यामसाइड) सम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

Logo