काठमाडाैं । जेनजी युवाहरूको प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संसद भवनकै अगाडि एम्बुलेन्समा आगजनी गरिएकाे छ । सुरक्षाकर्मीले प्रदर्शनमा बल प्रयोग गरेपछि आक्रोशित भीडले एम्बुलेन्समा आगजनी गरेका हुन् ।
सुरक्षाकर्मीले हवाई फायर, लाठीचार्ज र पानीका फोहोरा प्रहार गर्ने क्रम बढाएपछि बानेश्वर क्षेत्रमा स्थिति नियन्त्रणबाहिर गएको छ । हाल सेना परिचालन भएका छन् ।





























प्रतिक्रिया